नेप्से प्रमुखमा ५ जनाको नाम सर्टलिस्टिङ, को बन्ला नयाँ सिइओ ?-Sutra News

नेप्से प्रमुखमा ५ जनाको नाम सर्टलिस्टिङ, को बन्ला नयाँ सिइओ ?

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदको लागि सिफारिस समितिले आवेदन दिएकामध्येबाट सर्टलिस्टिङ गरेर अन्तर्वार्ताका लागि बोलाएको छ ।



नेप्सेको सिइओ पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपूर्ति गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरिएकोमा प्राप्त हुन आएका दरखास्तहरु मध्येबाट सर्टलिस्टिङ गरेर अन्तवार्ताका लागि आह्वान गरेको हो ।

अन्तर्वार्ताका लागि छनौट भएकाहरुमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी हुन् ।

सो मध्येबाट कार्की, श्रेष्ठ र पन्दाकलाई पुष २५ गते आइतबार बिहान साढे ७ बजे र घिमिरे र भण्डारीलाई सोही मितिको बेलुका साढे ४ बजे अर्थ मन्त्रालय, सु्वर्ण हलमा अन्तर्वार्ताका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट