बिकाश र बिना अभिनित ‘एकै नजरमा’ सार्वजनिक (भिडियोसहित)-Sutra News

बिकाश र बिना अभिनित ‘एकै नजरमा’ सार्वजनिक (भिडियोसहित)

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

एक युवाले सुन्दर युवती देखे पछि मनमा आएका रोमान्टिक भावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिक्की परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ ।



टिका दाहालले संगीतवद्ध गरेको गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । कालिञ्चोकमा छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । बिकाश लामिछाने र बिना राउतलाई भिडियोमा रोमान्टिक मुडमा देख्न सकिन्छ ।

भिडियोमा दिन्सन शाहको सम्पादन रहेको छ । केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो । भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट