लेखराजले किन दिए प्रचण्डलाई धन्यवाद ?-Sutra News

लेखराजले किन दिए प्रचण्डलाई धन्यवाद ?

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

नेकपा एमालेका सचिव लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन् । एमाले अध्यक्ष ओलीलाई चिन्ने मौका दिएको भन्दै उनले आफ्ना पूर्व अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका हुन् ।



नेकपा एमाले कैलालीको ८औं जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै सचिव भट्टले भने, ‘मैले ओलीलाई नजिकबाट चिन्ने मौका पाएको थिएन । उहाँमा भएको देश भक्तिलाई मैले चिन्न सकेको थिएन । तर प्रचण्डले ओलीलाई चिन्ने राम्रो मौका दिनु भयो । उहाँलाई धन्यवाद दिन चाहन्छ ।’

प्रचण्डको स्वार्थका कारण माओवादी र एमालेको पार्टी एकता हुन नसकेको उनको आरोप छ । ओलीले देशलाई संवृद्ध बनाउने योजना बनाएपछि त्यसलाई सफल हुन नदिन प्रचण्डले पार्टी भित्रै गुट गर्दै एकता प्रक्रिया तोडेको भट्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट