नारायणहिटीमा ‘बतास’ चल्न बन्द, निगरानी गर्ने काम सह-सचिवहरुलाई-Sutra News

नारायणहिटीमा ‘बतास’ चल्न बन्द, निगरानी गर्ने काम सह-सचिवहरुलाई

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

काठमाडौँ । नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काउन थालिएको छ ।



संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन तीन दिनको समय दिएपछि संरचनाहरु भत्काउन सुरु गरिएको हो ।

आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न  मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिएको छ ।

समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सदस्य रहेका छन् ।

सो ठाउँमा रेष्टुरेन्ट बनाउन लागिएको भन्दै चौतर्फी विरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट