बतास समूहको चर्चा- उता संरचना भत्काउन सुरु, यता मन्त्री आलेको पद खाइदिने धम्की-Sutra News

बतास समूहको चर्चा- उता संरचना भत्काउन सुरु, यता मन्त्री आलेको पद खाइदिने धम्की

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

काठमाडौँ । यतिबेला नारायणहिटी दरबारभित्र निर्माण भइरहेका रेस्टुरेन्टको विषयमा जताततै चर्चा भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्री प्रेम आलेले निर्देशन दिएपछि अहिले संरचना भत्काउने कामहरु पनि धमाधम भइरहेको छ ।



मन्त्रीको यस्तो कदमले बतास समूहको काम रोकिएको छ । त्यसैले उक्त समूह मन्त्रीसंग तथा सरकारसंगै असन्तुष्ट रहेको छ ।

यता आलेको मन्त्री पद नै खाइदिने धम्कीसमेत आउन थालेको छ । बतासको खास मान्छे बताउने पुडासैनी थरका एक व्यक्तिले मन्त्री आलेको पद खाइदिने धम्की दिएका हुन् ।

उनले आलेले कसैको कुरा नमानेर एकलौटी निर्णय गर्न खोजेको भन्दै उनको मंत्री पद नै खाइदिने धम्की दिएका हुन् ।

अहिले नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काउन थालिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन तीन दिनको समय दिएपछि संरचनाहरु भत्काउन सुरु गरिएको हो ।

आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न  मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिएको छ ।

समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सदस्य रहेका छन् ।

सो ठाउँमा रेष्टुरेन्ट बनाउन लागिएको भन्दै चौतर्फी विरोध गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट