६० वर्षमा नेपालमा हुन नसकेको विकास एमालेले तीन वर्षमा गर्‍यो : महासेठ-Sutra News

६० वर्षमा नेपालमा हुन नसकेको विकास एमालेले तीन वर्षमा गर्‍यो : महासेठ

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार स्थिर भएर सही नेतृत्व नभएसम्म देश विकाश सम्भव नरहेको बताएका छन् ।



नेकपा एमाले सप्तरी ९औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासेठले ६० वर्षमा नेपालमा हुन नसकेको विकास एमालेले साढे तीन वर्षमा गरेको बताए । उनले भने, ‘सबै पार्टी चाहन्छ नेकपा एमालेले नेतृत्व नगरोस् । तर, अबको सरकार एमालेको हुनेछ ।’

प्रदेश २ को सहइन्चार्जसहेत रहेका पूर्वमन्त्री साहले सप्तरी जिल्ला ऐतिहासिक जिल्ला भएको बताए । सप्तरीलाई अगाडि बढाउन परिवर्तन जरुरी रहेको उनको भनाइ थियो ।

उनले उमाले देश बदल्ने ऐतिहासिक पार्टी रहेको धारणा व्यक्त गरेका थिए ।  एमालेको पोलिट ब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले मुलुकमा एमाले बाहेक कुनै पार्टी नरहने बताए ।

सप्तरीको तीनवटा निर्वाचन क्षेत्रमा कुनै पार्टीले एमालेलाई हराउन नसक्ने प्याकुरेलको दाबी थियो । एमाले नेतृ ज्वाला साहले,पाँच दलीय गठबन्धनको कठपुतली वर्तमान सरकारले जनताको अधिकार हनन गरिरहेको आरोप लगाए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट