यस्ता छन् सबैभन्दा लामो समय टिकाउ ब्याट्री भएका टप १५ स्मार्टफोन-Sutra News

यस्ता छन् सबैभन्दा लामो समय टिकाउ ब्याट्री भएका टप १५ स्मार्टफोन

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

लामो समय टिकाउ हुने ब्याट्री भएका स्मार्टफोनको सूचीबाट कुनै एउटा छान्नुहोस्, जसले तपाईंलाई चार्जरको चिन्ताबाट टाढा रहन सहयोग पुग्नेछ । यसमा परीक्षणको आधारमा प्राप्त नतिजामा रहेर कम्तिमा करिब साढे ११ घन्टासम्म ब्याट्री टिक्ने स्मार्टफोनहरू समावेश गरिएको छ ।



जसलाई तपाईं दिनभर ढुक्कसँग ब्याट्री टिक्ने स्मार्टफोनको रुपमा लिन पनि सक्नुहुन्छ । यसका लागि महँगो स्मार्टफोन किन्नुपर्छ भन्ने पनि छैन । यो सूचीमा बजेट रेञ्जदेखि फ्ल्यागशिपसम्मका स्मार्टफोनहरू पाउन सक्नुहुन्छ ।

यद्यपि कम्तिमा करिब ३० हजार रुपैयाँ जति भने खर्च गर्नुपर्ने हुनसक्छ । सामसङदेखि मोटोरोला कम्पनीसम्मका ५००० एमएएच क्षमताको ब्याट्री भएका फोनहरू एक पटकको चार्जमा सहजै दिनभर वा त्यसभन्दा पनि बढी समयसम्म मजाले चलाउन सकिन्छ ।

तर यहाँनिर ख्याल गर्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा के छ भने ब्याट्री टिकाउ हुन त्यसको आकारले मात्र नभएर पावर इफिसेन्ट चिपसेटले पनि उत्तिकै भूमिका खेल्छ ।

फोरजी तथा एलटीई सेवामा नियमित रुपमा ब्याट्री समाप्त नभएसम्म वेबसाइट प्रयोग गरी यी फोनको ब्याट्री टेस्ट गरिएको हो । जसमा औसत फोनहरूको ब्याट्री १० घन्टामा सकिएको थियो ।

तर यहाँ दिइएका स्मार्टफोनहरू भने ११ घन्टाभन्दा बढी समयसम्म चलाउन ब्याट्री टिकाउ भएका हुन् । यो सूचीमा मोटो जी पावर २०२१ च्याम्पियन देखिएको छ ।

५००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोन लगातार प्रयोग गर्दा १४ घन्टासम्म टिकेको थियो । तर त्यसको सक्सेसर मोटो जी पावर २०२२ दुई स्थान पछाडि छ । धेरै ब्याट्री टिकाउ हुने १५ स्मार्टफोनको  सूचीमा ५ ओटा मोटोरोलाका रहेका छन् ।

यी हुन् धेरै टिकाउ ब्याट्री भएका टप १५ स्मार्टफोन

क्र.सं स्मार्टफोन ब्याट्री लाइफ (घन्टाःमिनेट)
१. मोटो जी पावर २०२१ १४ः०४
२. नुबिया रेडम्याजिक ६ १३ः२०
३. मोटो जी पावर २०२२ १३ः१५
४. नुबिया रेडम्याजिक ६ एस १३ः१३
५. क्योसेर ड्युराफोर्स अल्ट्रा फाइभजी १२ः२९
६. असुस रग फोन ५ १२ः२३
७. सामसङ ग्यालेक्सी ए ५२ फाइभजी १२ः१९
८. आईफोन १३ प्रो म्याक्स १२ः१६
९. क्याट एस ६२ प्रो १२ः१६
१०. मोटोरोला वन फाइभजी १२ः०३
११. मोटो जी प्योर ११ः५२
१२. वनप्लस नोर्ड एन १० फाइभजी ११ः४८
१३. आईफोन १३ प्रो ११ः४२
१४. सामसङ ग्यालेक्सी ए ३२ फाइभजी ११ः३९
१५. मोटोरोला एज फाइभजी ११ः३८

टेकपानाबाट लिइएको

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट