जसपाका लुम्बिनी प्रदेश समिति सदस्य नै एमालेमा प्रवेश-Sutra News

जसपाका लुम्बिनी प्रदेश समिति सदस्य नै एमालेमा प्रवेश

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) एमाले प्रवेश गरेका छन् ।



आज रुपन्देहीको नवौं जिल्ला अधिवेशनमा यादवलाई एमाले नेताहरु एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाललगायतका नेताहरुले एमालेमा प्रवेश गराएका हुन् ।

यादव गत स्थानीय निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार थिए ।

आजको कार्यक्रममा उनीसंगै अन्य जसपाका नेताहरु पनि एमालेमा प्रवेश गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट