सप्तरीमा लागुऔषधसहित दुई जना पक्राउ-Sutra News

सप्तरीमा लागुऔषधसहित दुई जना पक्राउ

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

सप्तरी प्रहरीले लागूऔषध सहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।



भारतबाट नेपालतर्फ साइकलमा आइरहेका तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षीय परमान्द महतो र विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षीय तेजनारायण यादवलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरूलाई सप्तरीको राजगढ गाउँपालिका- ६ बनैनियाँबाट पक्राउ गरेको सप्तरीका प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुको संग रहेको एसपिएम प्रोक्सिभोन ४ सय ८ थान, नाइट्राभेट–१० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई लागू औषध ओसारपसार सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट