ललितपुर एमालेमा नेतृत्वका लागि पुरुषोत्तम र चेतनाथकाे दाैड-Sutra News

ललितपुर एमालेमा नेतृत्वका लागि पुरुषोत्तम र चेतनाथकाे दाैड

शनिबार, २४ पौस २०७८

शनिबार, २४ पौस २०७८

ललितपुर, २४ पुस-  नेकपा(एमाले) ललितपुर अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । शुक्रबार आठौं अधिवेशन सुरु भएसँगै चेतनाथ सञ्जेल र पुरुषाेत्तम आचार्य अध्यक्षका लागि तीव्र दाैडधुपमा छन् ।



नेताहरुले भने सहमतिबाटै नेतृत्व टुंग्याउन प्रयास गरिरहेका छन् । सातदोवाटोस्थित एक पार्टी प्यालेसमा सुरु हुने बन्दसत्रमा सहमतिको प्रयास हुनेछ ।

चेतनाथ आफ्नो पक्षमा दुईतिहाई रहेको प्रचार गर्दै आइरहेका छन् भने पुरुषोत्तम ललितपुर-१ मा समेत गत मंगलबार भएको प्रतिनिधि छनाेटपछि आफू बलियो बनेको तर्क गर्न थालेका छन् ।

एमालेले शुक्रबार ६१ वटा जिल्लामा अधिवेशन सुरु गरेकाे थियाे । ती जिल्लामा नयाँ नेतृत्व चयन भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट