देउवाले पाँच दलीय गठबन्धन भत्काए एमसीसीमा ओलीले सहयोग गर्ने-Sutra News

देउवाले पाँच दलीय गठबन्धन भत्काए एमसीसीमा ओलीले सहयोग गर्ने

शनिबार, २४ पौस २०७८

शनिबार, २४ पौस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।



प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।

संसद्को गतिरोध अन्त्यकोलागि छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका कांग्रेस सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवासँग ओली सहज रुपमा प्रस्तुत भने भएनन् ।

ओलीले एमसीसीको विषयमा बोल्दै बहुमत भएकाले आँफै पास गर्न देउवालाई सुझावसमेत दिएका छन् । तकाअनुसार ओलीले देउवालाई एमसीसी पास गराउन एमालेको सहयोग अनिवार्य हो भने पाँच दलीय गठबन्धन तोडेर आउन पनि सुझाव दिएका थिए ।

ओलीले एमसीसीमा आफूहरुले देउवालाई सहयोग गर्नुपर्ने हो भने देउवा पांच दलीय गठबन्धन भत्काउन सुझाव दिएकोसमेत स्रोतको दाबी छ ।

एमालेले कारवाही गरेका माधव नेपालसहित १४ संसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारवाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी समाभुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन ।

सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ । जसअन्तर्गत देउवा बालकोटा पुगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट