आइसोलेशनमा बसेका प्रधानमन्त्री देउवाको आज कोरोना परिक्षण हुने-Sutra News

आइसोलेशनमा बसेका प्रधानमन्त्री देउवाको आज कोरोना परिक्षण हुने

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन्।



उनको कोभिड–१९ को परीक्षण आज हुनेछ ।

यता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्।

दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट