आँचलले अभिनय गरेको तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक-Sutra News

आँचलले अभिनय गरेको तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

काठमाडौँ । अभिनेत्री आँचल शर्माले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक भएको छ ।



अस्ति शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको टिजरमा आंचल शर्माको भने  कुनैपनि दृश्य देखिएको छैन ।

पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा नेपालको दृश्य समावेश नगरिएकाले आफू नदेखिएको बताइन् ।

चलचित्रलाई नेपाल र भारतमा प्रदर्शन गरिने निर्माणपक्षले बताएको छ । तर हालसम्म पनि प्रदर्शनको मिति सार्वजनिक भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट