काजकिस्तान : गत हप्ताको प्रदर्शनमा १६४ जना मारिए-Sutra News

काजकिस्तान : गत हप्ताको प्रदर्शनमा १६४ जना मारिए

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

काजकिस्तानमा जारी बिरोध प्रदर्शनमा दर्जनौको मृत्यु भएको छ । काजकिस्तान सरकारले आइतबार बताए अनुसार देशमा जारी बिरोध प्रदर्शनमा पछिल्लो हप्ता १६४ जना मारिएका छन् ।



सरकारी समाचार संस्था खबर-२४ मा देशको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जनाइएको यो संख्या यसअघि उल्लेख गरिएको संख्याको निकै बढी हो। तर मृत्युको यो आँकडामा नागरिक मात्र छन् या सुरक्षाकर्मी पनि छन् भन्ने खुलाइएको छैन ।

यसअघि काजकिस्तानका अधिकारीहरुले प्रदर्शनमा प्रहरी या नेशनल गार्डका १६ जवान मारिएको र सर्वसाधारण २६ जना भएको बताइएको थियो ।

बीबीसीका अनुसार सबैभन्दा धेरै मृत्यु देशको सबैभन्दा ठूलो सहर अलमाटीमा भएको हो । जहाँ १‍०३ भन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ सरकारी भवन कब्जा गर्दै प्रदर्शनकरीहरुले कतिपयमा आगो लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट