काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले भारतीय मन्त्रिपरिषदले नेपालको लिपुलेकमा सडक अघि बढाउने भनेर गरेको घोषणामा नेपालले केहि प्रतिक्रिया नजनाएको भन्दै आपत्ति जनाएका छन् ।
केहीदिनअगाडी भारतको मन्त्रिपरिषदले नेपालको लिपुलेकमा सडक बनाईने भन्ने निर्णय गरेको थियो । तर भारतले गरेको उक्त निर्णयको यति दिन हुँदासम्म पनि नेपाल सरकार मौन रहेको छ ।
रावलले सामाजीक सञ्जाल ट्वीटरमा एमसीसी सम्झौताबारे देउवा-ओली वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने भन्दै प्रश्न उठाएका छन् । उनले लेखेका छन्, एमसीसी सम्झौताबारे देउवा-ओली वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने, लज्जास्पद चरित्र !’
उनले लेखेका छन्, ‘भारतीय प्र.मं.नरेन्द्र मोदीको सार्वजनिक भनाईमा नेपाल सरकार किन मौन ? लिपुलेक,कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएका अकाट्य प्रमाण छन् ।’