कृषिमन्त्री महेन्द्र यादवलाई पदबाट हटाउने सुरसार-Sutra News

कृषिमन्त्री महेन्द्र यादवलाई पदबाट हटाउने सुरसार

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

काठमाडौं। पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक किचलो बढ्न थालेको छ । जसपाबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका महेन्द्र यादवले पार्टी विरोधी काम गरेको आरोप नेताहरुले लगाउँदै आइरहेका छन् ।



नेता यादवले अहिले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

स्रोतका अनुसार यादवसंग पार्टी असन्तुष्ट रहेकाले उनलाई मन्त्री पदबाट हटाउन दबाब आइरहेको बुझिएको छ । उनले जसपा विभाजनको बेलामा भने उपेन्द्र यादवलाई नै साथ दिएका थिए ।

उनले पार्टी विरोधी कार्यहरु गर्दै आइरहेको भन्दै यादव पक्ष असन्तुष्ट रहेको बुझिएको छ । स्रोतका अनुसार उनले मन्त्रालयमा राम्रोसंग काम गर्न नसकेको कारण पनि देखाउंदै उनलाई सरकार बाहिर रहेर काम गर्ने सुझाव आइरहेको छ ।

यस्तै जसपामा नेताहरुले गुट बनाउन सुरु गरेको भन्ने कुरा पनि चर्चामा रहेको छ । जसपाका चर्चित नेता बाबुराम भट्टराई लगायतका नेताहरुसंग यादव पक्ष असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट