मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दमनको परकाष्ठः अमेरिका-Sutra News

मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दमनको परकाष्ठः अमेरिका

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले कजाकस्तानमा सरकारले प्रदर्शनकारीलाई गोली हान्न दिएको आदेशको आलोचना गरेका छन् । मध्यएसियाली देश कजाकस्तानमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीविरुद्ध सरकारले चरम दमन गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको भनाई सार्वजनिक भएको हो ।



‘कजाकस्तानमा सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको अमेरिकाले निन्दा गर्छ । सरकारले प्रदर्शनकारीलाई गोली ठोक्न सुरक्षाकर्मीलाई आदेश दिएको छ । यो गलत आदेश हो,’ उनले भने ।

मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिनु दमनको परकाष्ठ भएको उनले बताए ।

कजाकस्तानको अवस्थाबारे अमेरिकाले नजिकबाट हेरिरहेको बताउदै उनले सरकारले प्रदर्शनकारीको अधिकार रक्षा गर्न माग गरेका छन् ।

प्रहरीको गोली लागेर मूल्य बृद्धिको विरोधमा उत्रिएका १६० प्रदर्शनकारीको मृत्यु भएको छ भने पाँच हजार ८०० जना पक्राउ परेका छन् । त्यस्तै, दोहोरो झडपमा १६ सुरक्षाकर्मी मारिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट