सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति पुग्यो ?-Sutra News

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति पुग्यो ?

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८
sun

सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ ।



यसअघि आइतबार छापावाल सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको छ । आइतबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट