फेरी लकडाउन हुँदैन, अन्य उपाय अवलम्बन गर्नुपर्छः अर्थमन्त्री शर्मा-Sutra News

फेरी लकडाउन हुँदैन, अन्य उपाय अवलम्बन गर्नुपर्छः अर्थमन्त्री शर्मा

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८

अर्थमन्त्री जनार्दन शर्माले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि लकडाउन नहुने बताएका छन् ।



सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना संक्रमण नियन्त्रणका लागि फेरि लकडाउन नहुने बताएका हुन् ।

‘अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन,’ उनले भने, ‘फेरि लकडाउनको आशंका नगर्नु ।’ उनले थला परेको अर्थतन्त्र भर्खरै चलायमान हुन थालेकाले अन्य उपाय अवलम्बन गर्नुपर्ने बताए ।

‘कोरोना महामारीका कारण धेरै समस्या भएको हो,’ अर्थमन्त्री शर्माले भने, ‘अहिले फेरि लकडाउन हुने हो कि भन्ने आशंका गरिएको छ, त्यो बाट‍ो अब हिँड्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट