आहा रारा गोल्ड कप माघ ६ गतेदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने-Sutra News

आहा रारा गोल्ड कप माघ ६ गतेदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८
तस्वीरः सुदर्शन रन्जित

बिसौं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता माघ ६ गतेदेखि सुरु हुने भएको छ । मोफसलको उत्कृष्टमध्येको प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने भएका छन् ।



आयोजक सहारा क्लब र अमेरिकी टिमसहित ए डिभिजन खेलेका क्लबहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ। क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी र सहारा क्लब सहभागी हुने बताइएको छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता १५ माघसम्म सञ्चालन हुने अध्यक्ष सुरज गुरुङले जानकारी दिए । क्लबले फुटबल टुर्नामेन्ट गरेरै एकेडमी सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट