दुइ हप्ताको लागि विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय-Sutra News

दुइ हप्ताको लागि विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८

कोरोनाको बढ्दो संक्रमणलाई मध्य नजर गर्दै शिक्षा मन्त्रालयले २ हप्ताको लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई आधार मानेर मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।



आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । सोमबार बिहान मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सीसीएमसीसीले सिफारिस गरेको छ ।

हिजोको सीसीएमसीसीको बैठकले खोप कार्ड नभइ माघ ३ गतेदेखि सार्वजनिक सेवा लिन नमिल्ने गरि निर्णय गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट