जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलियाली सरकारको निर्णय खारेज-Sutra News

जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलियाली सरकारको निर्णय खारेज

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८

टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियाली सरकारले गरेको भिसा रद्द गर्ने निर्णय मेलबर्न अदालतले खारेज गरेको छ । अदालतको यो निर्णयसँगै विश्व नम्बर एक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम–अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बलियो भएको छ ।



मेलबर्न अदालतका न्यायाधीश एन्थोनी केलीले सरकारले भिसा रद्द गर्ने निर्णय खारेज गर्दै उनलाई पासपोर्टसहित रिहा गर्न आदेश दिएका हुन्।

सर्वियन खेलाडी जोकोभिच प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगे पनि कोभिड-१९ संक्रमणविरुद्ध खोप लगाएको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्ट्रेलिया सरकारले भिसा रद्द गर्ने निर्णय गरेको थियो ।

बिहीबारै अस्ट्रेलिया सरकारको निर्णयविरुद्ध जोकोभिचले अदालतमा मुद्दा दर्ता गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट