नेतृत्व चयनको मुखैमा एमाले चितवन जिल्ला अधिवेशन अनिश्चितकाल स्थगित-Sutra News

नेतृत्व चयनको मुखैमा एमाले चितवन जिल्ला अधिवेशन अनिश्चितकाल स्थगित

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८

एमाले चितवन जिल्ला समितिको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गते शुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।



जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले सोमबार जारी गरेको विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ ।

विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो । बन्दसत्रले पार्टी अध्यक्ष रावलले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गरेकव आर्थिक प्रतिवेदन पारित गरेको थियो । निर्वाचन प्रक्रिया सुरु हुनुअघि अधिवेशन स्थगित गरिएको हो । जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट