पर्खाल खसेर मजदुरको मृत्यु, दुई जना घाइते-Sutra News

पर्खाल खसेर मजदुरको मृत्यु, दुई जना घाइते

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८

सप्तरीको रुपनीस्थित रहेको विशाल इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।



मृत्यु हुनेमा इट्टा भट्टामा कार्यरत सप्तरीको जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदा रहेकी छन् । गम्भीर घाइते भएकी सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काप्लेले जानकारी दिएका छन् ।

घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको प्रवक्ता काफ्लेले भनाई रहेको छ । उनले भने, ‘घाइतेको उपचारमा भट्टा मालिक सहयोग गरिरहेको छ । घटनाको मुचुल्का उठाइसकेको छ । अनुसन्धान भइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट