पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सार्वजनिक बिदा नहुने-Sutra News

पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सार्वजनिक बिदा नहुने

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८

काठमाडौँ । सरकारले भोलि पुस २७ गते सार्वजनिक बिदा नदिने भएको छ ।



पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा दिने चर्चा चले पनि सरकारले बिदा नदिने तयारी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा होम आइसोलेशनमा बसेका कारण धेरै दिनयता मन्त्रिपरिषद बैठक बस्न सकेको छैन । त्यसैले आज पनि भोलि बिदा दिने भन्ने निर्णय भएको छैन ।

स्रोतका अनुसार भोलि बिदा नहुने पक्कापक्की भइसकेको छ । हालसम्म गृह मन्त्रालयका प्रवक्ता पनि यस विषयमा जानकार नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट