सार्वजनिक सेवामा खोप कार्ड र २५ जनाभन्दा बढी भेला हुन नदिन गृह मन्त्रालयको निर्देशन-Sutra News

सार्वजनिक सेवामा खोप कार्ड र २५ जनाभन्दा बढी भेला हुन नदिन गृह मन्त्रालयको निर्देशन

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८

कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढिरहँदा गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने निर्णय गरेको छ ।



निर्णय कार्यान्वयका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आइतबार गरेका सिफारिसहरु कार्यान्वयन गर्न गृहले निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न भनेको छ । गृहले सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न भनेको छ ।

यस्तै, सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले माघ ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट