कोरोना संक्रमण उच्च भएपछि निजी कार्यालयलाई घरबाटै काम गर्न निर्देशन-Sutra News

कोरोना संक्रमण उच्च भएपछि निजी कार्यालयलाई घरबाटै काम गर्न निर्देशन

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

भारतमा सम्पूर्ण निजी कार्यलय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए)ले अधिकांश कार्यालयलाई आधा कर्मचारीले कार्यलयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो । त्यस्तै, सरकारी कार्यलयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यलयबाट काम गरेका छन् ।



अत्यावश्यक सेवालाई भने छुट दिइनेछ । निजी बैंक, अत्यावश्यक सेवा दिने कार्यलय, विमा कम्पनी, औषधी कम्पनी, वित्तिय कम्पनी, वकिलका कार्यलय र कुरियर सेवालाई छुट छ ।

सोमबारदेखि दिल्लीका रेस्टुराँ र बारहरु बन्द भएका छन् । उनीहरुले होम डेलिभरी सेवा भने दिएका छन् । दिल्लीमा सोमबार १९ हजारमा कोभिड देखिएको छ । संक्रमण दर २५ प्रतिशत रहेको छ । यो दर ५ मेपछिको उच्च हो । दिल्लीमा सोमबार एकैदिन १७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट