उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार, जापान र दीक्षण कोरिया त्रसित-Sutra News

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार, जापान र दीक्षण कोरिया त्रसित

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

उत्तर कोरियाले एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको मिसाईल पूर्वी सागरमा खसेको दक्षिण कोरियाले जनाएको छ । एक साताअघि मात्र उत्तरले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो ।



उत्तरले गत साता प्रहार गरेको हाइपरसोनिक मिसाइलबारे राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल भइरहेका बेला प्योङयाङले अर्को मिसाइल प्रहार गरेको हो ।

‘उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे प्रहर गरेको व्यालिस्टिक मिसाइललाई हाम्रो सेनाले पहिचान गरेको छ,’ सीउलको जोइन्ट चीफ अफ स्टाफले संयुक्त विज्ञप्तिमा भनेको छ । उत्तरले मिसाईल प्रहार गरेको जापानले पनि पुष्टि गरेको छ ।

मिसाइल प्रहारबाट दक्षिण कोरिया र जापान त्रस्त रहेको र उनिहरुले सुक्ष्म ढंगबाट उत्तरको सामना गर्ने रणनीति लिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट