एकैदिन २४४४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै १२८६ जना-Sutra News

एकैदिन २४४४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै १२८६ जना

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

पछिल्लो २४ घण्टामा देशैभर २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ भने ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् । जसमध्ये ८ हजार ८६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा थप १,२८६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट