शेयर बजार उकालो लाग्दा आधा दर्जन कम्पनीमा सर्किट-Sutra News

शेयर बजार उकालो लाग्दा आधा दर्जन कम्पनीमा सर्किट

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८
nepse

साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।



कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १ सय ९७ रुपैयाँको शेयर कारोबार भएको छ । यस अघि आइतबार र सोमबार लगातार ७ अर्ब भन्दा माथिको शेयर किनबेच भएको थियो ।

मंगलबार सबैभन्दा बढी शेयर मूल्य घट्नेमा माउन्टेन इनर्जी पहिलो नम्बरमा देखिएको छ । माउन्टेन इनर्जीको शेयर मूल्य मंगलबार ४३ रुपैयाँले घटेर १ हजार १ सय ७७ अंकमा झरेको छ । दोस्रो धेरै गुमाउनेमा नेपाल एसबीआई बैंक देखिएको छ । एसबीआईको ७ रुपैयाँ ९० पैसाले घटेर ३८६ रुपैयाँमा झरेको छ ।

मंगलबार आधा दर्जन कम्पनीहरुको सर्किट लेभलमा कारोबार भएको छ । कुनै पनि कम्पनीहरुको एकैदिन १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न सक्दैन । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मध्यभोटेकोशी जलविद्युत् कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

यसबाहेक पनि ङ्यादी हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ भने मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स र इन्फिनिटी लघुवित्तको शेयर मूल्य पनि मंगलबार ८ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट