भारतमा उपचार गरेर फर्किए प्रधान सेनापति शर्मा-Sutra News

भारतमा उपचार गरेर फर्किए प्रधान सेनापति शर्मा

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् ।



मन्त्रिपरिषद्‌ले बिदा स्वीकृत गरेपछि सेनापति शर्मा उपचारका लागि पुस १८ गते भारतको दिल्ली गएका थिए ।

भारतमा उपचारपछि मंगलबार स्वदेश फर्किएका शर्माले मंगलबारदेखि नै प्रधानसेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट