नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने -Sutra News

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने 

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ ।



टर्नपाइकको आयोजना तथा राष्ट्रिय बास्केटबल संघ (निबा)को सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रव्यापी बास्केटबल लिग हुने मंगलबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

स्थापनाकालदेखि खेलकुदको विकासमा निरन्तर योगदान गर्दै आएको टर्नपाइकले यसअघि राष्ट्रिय फुटसल लिगको आयोजना गरेको थियो ।

फ्रन्चाइज–कम–क्लब मोडलमा खेलाइने लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहनेछ । यद्यपि आयोजकले प्रतियोगिताको मिति भने सार्वजनिक गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट