भारत-चीन सीमा विवादबारे अमेरिकी प्रतिक्रिया :  छिमेकीलाई ‘धम्की दिने’ बेइजिङको प्रयास-Sutra News

भारत-चीन सीमा विवादबारे अमेरिकी प्रतिक्रिया :  छिमेकीलाई ‘धम्की दिने’ बेइजिङको प्रयास

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

भारत-चीन सीमा विवाद जारी रहँदा अमेरिकाले छिमेकी देशलाई ‘धम्की दिने’ बेइजिङको प्रयास चिन्ता बढाउने खालको रहेको प्रतिक्रिया दिएको छ ।  अमेरिकाले आफू साझेदार देशसँग उभिने बताएको बीबीसीले उल्लेख गरेको छ ।



भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा करिब तीन वर्षयता तनावको स्थिति बनेको छ । समस्या समाधानका लागि दुबै देशबीच सैन्य स्तरमा कयौंपटक छलफल भएको छ तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।

अमेरिकाको ताजा धारणा यस्तो बेलामा आएको छ जतिबेला भारत र चीनबीचको सैन्य स्तरको छलफलको १४ औं शृंखला सुरु हुन लागेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार कोर कमाण्डर स्तरको यो छलफल बुधबार हुन सक्ने सम्भावना छ ।

भारत र चीनबीच हुन लागेको छलफल अघि अमेरिकामा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले यस घटनालाई हेरिरहेको बताएकी हुन् । उनले भनिन्, ‘हामी सीमा विवाद कुराकानी र शान्तिपूर्ण रुपमा समाधानको समर्थन गर्छौं।’

उनले भनिन्, ‘यसले अस्थिरता पैदा गर्न सक्छ । हामी चीनले छिमेकीमाथि धम्की दिने प्रयासलाई लिएर चिन्तित छौं । यस प्रकरणमा हामी आफ्ना साझेदारसँग खडा रहने छौं ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट