एमाले जिल्ला अधिवेशन : प्रदेश एकमा पाखा लागे १० बुँदे पक्षधर-Sutra News

एमाले जिल्ला अधिवेशन : प्रदेश एकमा पाखा लागे १० बुँदे पक्षधर

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषि्केश पोखरेल, झापा अध्यक्ष दीपक कार्की, खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल, धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली, तेह्रथुम जिल्ला अध्यक्षमा तेजमान कन्दङ्वा, पाँचथर जिल्ला अध्यक्षमा राजकुमार भण्डारी, भोजपुर अध्यक्षमा शरण राई, उदयपुरमा परमानन्द घिमिरे र सोलुखुम्बुमा डुपु कुमार बास्तोला चयन भएका छन् ।



अध्यक्ष न्यौपानेका अनुसार इलाममा चुनावबाट एमालेको नेतृत्व टुंग्याइएको छ।  इलाममा महेश बस्नेतले ६९४ मत पाउँदा उनका प्रतिस्पर्धी डा. देवी क्षेत्री दुलाले ६४ मत मात्रै प्राप्त गरेका थिए ।

ताप्लेजुङमा भूपेन्द्र थेबे निर्वाचित भएका छन् । बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे निर्वाचित भएका हुन् । थेबेले ३ सय २९ र साम्सोहाङले २ सय ७३ मत प्राप्त गरेका थिए ।

सामसोहाङ नेता योगेश भट्टराई निकटका हुन् । उनी भीम आचार्य नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास मन्त्री समेत भएका थिए । यस्तै ओखलढुङ्गामा पनि चुनावबाट शकर कटुवाल निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट