यस्तो छ आगामी तीन दिनको मौसम-Sutra News

यस्तो छ आगामी तीन दिनको मौसम

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम अवस्था सार्वजनिक गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । अहिले प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।



 आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष २८ गते (बुधबार)

दिउँसो :  सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  फाटफुट देखि हल्का वर्षाको सम्भावना साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भू-भागका थोरै स्थानहरूमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

 

राती : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागहरूमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २९ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक बदली रहने छ। अपरान्ह पछाडी प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष ३० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रहने छ। अपरान्ह पछाडी प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा फाटफुट/हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा फाटफुट/हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भू-भागका थोरै स्थानहरूमा  हल्का  हिमपातको  सम्भावना   रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट