ललिता निवास प्रकरण- कागज किर्ते गर्ने दम्पतीलाई छाड्यो सीआईबीले-Sutra News

ललिता निवास प्रकरण- कागज किर्ते गर्ने दम्पतीलाई छाड्यो सीआईबीले

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी छुटेका छन् ।



उनीहरुलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छाडेको हो । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको बताइएको छ ।

सीआईबीका प्रमुख धिरज प्रताप सिंहले आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको बताए ।

उनीहरुमाथि ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेको थियो । उनीहरु गत पुस ७ गते पक्राउ पटका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट