सुनको भाउ प्रतितोला ६ सयले बढ्यो-Sutra News

सुनको भाउ प्रतितोला ६ सयले बढ्यो

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८
sun

बुधबार नेपाली बजारमा सुन(चाँदीको मूल्यमा उतारचढाब आएको छ ।



सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट