कर्मचारी संगठनमा नेकपा ‘एस’लाई धक्का, अध्यक्षसहितका पदाधिकारी फर्किए एमाले निकट संगठनमा-Sutra News

कर्मचारी संगठनमा नेकपा ‘एस’लाई धक्का, अध्यक्षसहितका पदाधिकारी फर्किए एमाले निकट संगठनमा

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

नेकपा एकीकृत समाजवादीलाई निजामति कर्मचारी संगठनमा ठूलो धक्का पुगेको छ । नेकपा एस निकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी र सदस्यहरु एमाले निकट मूल संगठनमै फर्किएका कारण ठूलो धक्का लागेको हो ।



एमाले पार्टी विभाजनसँगै विभाजित नेपाल कर्मचारी संगठन पुनः एक भएको बताइएको छ । विभाजित भएको संगठनका अध्यक्ष रेवन्त गौतमसहित वरिष्ठ उपाध्यक्ष मोहन गिरी र उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायतलगायत अधिकांश पदाधिकारीसहित नेपाल निजामति कर्मचारी संगठनमा फर्किएका हुन् ।

त्यस्तै केन्द्रीय सदस्यहरु अमर गिरी, पदमराज जोशी,रामचन्द्र पण्डित, शान्ति विष्ट, लक्ष्मी योगी, अमृता रावत, जयदेश जोशी लगायत २१ जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा विभागीय सदस्यसमेत ३०१ जनाले नेकपा एस परित्याग गरेको गौतमले बताए ।

नेपाल निजामति कर्मचारी संगठन ११ औं राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक केदार प्रसाद देवकोटा र एसनिकट संगठनबाट फर्किएका अध्यक्ष तथा हाल सचिवालय सदस्य गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै माघ १४ र १५ मा हुने महाधिवेशन सम्पन्न गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट