निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान-Sutra News

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको छ । राष्ट्रिय सभा निर्वाचन तथा स्थानिय तहको निर्वाचनका विषयमा सहमति जुटाउन आयोगले सर्बदलिय बैठक आह्वान गरेको हो ।



प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

उनका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । उनले भने ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ ।’

बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ । आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे पनि बैठकमा छलफल हुने जनाएको छ ।

यसअघि आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट