स्याङ्जाको वालिङमा चक्कु प्रहार गरेर १६ महिने बालकको हत्या-Sutra News

स्याङ्जाको वालिङमा चक्कु प्रहार गरेर १६ महिने बालकको हत्या

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकास्थित भकुन्डेमा एक बालकको घांटी रेटेर हत्या भएको छ ।



हत्या हुनेमा वालिङ नगरपालिका १२ सिर्सीकोट १२ घर भई हाल वालिङ नगरपालिका १० भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङ  रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले  जनाएको छ ।

चक्कु प्रहार भएपछि उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको थियो । उनलाई डाक्टरले दिउँसो साढे एक बजे मृत घोषित गरेका थिए ।

हत्या आरोपीलाई नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट