माछा मार्ने क्रममा पाखर खोलामा करेन्ट लागेर एक किशोरको मृत्यु-Sutra News

माछा मार्ने क्रममा पाखर खोलामा करेन्ट लागेर एक किशोरको मृत्यु

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८
सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका वडा नं.७ पाखर खोलामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बुधबार दिउँसो पौने चार बजेको  समयमा १६ वर्षका अमृत तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बिजुलीको पोल बाट हुक लगाई डाइरेक्टर लाइन तानी करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक्कासि करेन्ट सर्ट हुँदा तामाङको मृत्यु भएको हो ।



मृतक तामाङसँगै सात वर्षका बुद्ध तामाङ पनि खोलामा माछा मार्न गएका थिए ।  घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट