के सिंहदरबार प्रवेश पास खारेज भएको हो ?-Sutra News

के सिंहदरबार प्रवेश पास खारेज भएको हो ?

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

काठमाडौँ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज गर्ने निर्णय गरेको छ ।



पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको हो ।

‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने, अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट