भीम रावलको प्रश्नः ललिता निवास प्रकरण मुद्दा फासफुस गर्ने चाल त छैन ?-Sutra News

भीम रावलको प्रश्नः ललिता निवास प्रकरण मुद्दा फासफुस गर्ने चाल त छैन ?

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

नेकपा एमालेका नेता भीम रावलले बालुवाटारको ललिता निवासको जग्गासम्बन्धी मुद्दालाई सामसुम पार्न खोजिएको भन्दै आशंका व्यक्त गरेका छन् । प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएपछि रावलले आशंका व्यक्त गरेका हुन् ।



उनले बिहीबार बिहान सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्- ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के-केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट