पौड्यालको विदाइसँगै सेनामा प्रवक्ताको जिम्मेवारी सिलवाललाई-Sutra News

पौड्यालको विदाइसँगै सेनामा प्रवक्ताको जिम्मेवारी सिलवाललाई

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौड्यालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् ।



‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई हस्तान्तरण गरेको छ,’ बिदाइ सन्देश दिँदै पौड्यालले भनेका छन्, ‘मेरो कार्याकालमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’

निवर्तमान प्रवक्ता पौड्यालले नयाँ प्रवक्ता सिलवललाई सहयोग गर्न अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट