बाटो खन्ने क्रममा पहिरो जाँदा ३ जना बेपत्ता, डोजर पनि पुरियो-Sutra News

बाटो खन्ने क्रममा पहिरो जाँदा ३ जना बेपत्ता, डोजर पनि पुरियो

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।



सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन ।

खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट