कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको छः प्रवक्ता कार्की-Sutra News

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको छः प्रवक्ता कार्की

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका कार्की कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको बताए ।



बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्ला केहि दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ ।’

उनले खोप अभियान तीव्र गतिमा अगाडि बढेको बताए । मन्त्री कार्कीले भने, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ’ उनले आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट