धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले दिए आवेदन [नामसहित]-Sutra News

धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले दिए आवेदन [नामसहित]

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् ।



सो पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएअनुसार १५ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

कृष्णराज पोखरेल, डा जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र  हेमन्त बस्यालले अध्यक्षका लागि आवेदन दिएका छन्।

त्यस्तै डा गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछानेले आवेदन दिएका छन् ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि उनी बर्खास्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट