हुम्लामा कोरोनाविरुद्ध जनचेतना जोगाउन प्रहरी फिल्डमा-Sutra News

हुम्लामा कोरोनाविरुद्ध जनचेतना जोगाउन प्रहरी फिल्डमा

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै हुम्ला प्रहरीले कोरोनाविरुद्ध सचेतना गराउने कार्यक्रम सुरु गरेको छ ।



हुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरम्भ शर्मा आफै माइकिङ गर्दै जनचेतना फैलाउने कार्यमा खटिएका छन् । प्रहरीले माइकिङ गर्दै कोरोनाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन र सबैलाई सचेत रहनका लागि जनचेतना फैलाउन आफूले टोल–टोलमा पुगेर माइकिङ गरेको हुम्ला जिल्लाका डिएसपी शर्माले बताए ।

हुम्लामा कोरोनाका सक्रिय संक्रमित नरहेको हुँदा अब पनि जिल्लामा कोरोना फैलन नदिन प्रहरीले दैनिक रूपमा जनचेतना कार्यक्रम फैलाउनतर्फ लागेको शर्माले बताए ।

प्रहरीले बाटोमा भेटिएका सर्वसाधारणलाई भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र सरकारी कार्यालय जाँदा अनिवार्य खोप कार्ड बोक्न तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्न आग्रह गरेको छ ।

जिल्लाका नागरिकहरूलाई करोनाबाट सचेत गराउनको लागि यस्ता खाले कार्यक्रम सञ्चालन गराई राख्ने र  साबुन पानीले पटक–पटक हात धुन, बिना काम सार्वजनिक स्थलमा ननिस्कन र २५ जनाभन्दा बढी भेला नहुन प्रहरीले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट