स्वस्तिमाले अभिनय गर्ने भनेको साउथ फिल्म ‘थिरिमाली’को ट्रेलर सार्वजनिक (भिडियोसहित)-Sutra News

स्वस्तिमाले अभिनय गर्ने भनेको साउथ फिल्म ‘थिरिमाली’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने भनेर चर्चामा आएको फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अभिनेत्री स्वस्तिमा नृत्य गर्दै देखिएका छन् ।



विशेष भुमिका भनिएको फिल्ममा उनि गीतमा मात्रै रहेको ट्रेलरबाट भान हुन्छ । फिल्मको ट्रेलरमा नेपाली अभिनेता माओत्से गुरुङ पनि अटाएका छन् ।

नेपाल र भारतमा खिचिएको फिल्मको सार्वजनिक २ मिनेट ४१ सेकेण्ड लामो ट्रेलरमा नेपालका दृश्यहरुलाई पनि प्राथमिकताका साथ समेटिएको छ । नेपाली ब्यानर अनन्या फिल्मस् ले यो फिल्म निर्माणमा सहकार्य गरेको छ । नेपाली निर्मातामा सरोज न्यौपाने छन् ।

स्वस्तिमा र माओत्सेसँगै नेपाली कलाकार उमेश गुरुङको पनि यो फिल्ममा अभिनय समेटिएको छ । साउथ कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल लगायत यो फिल्ममा अभिनयमा छन् । राजिव सेट्ठीले ‘थिरिमाली’लाई निर्देशन गरेका हुन् ।

फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन । हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगूसँगै नेपाली भाषामा पनि फिल्म प्रदर्शन हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट