दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण-Sutra News

दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

भारतको दिल्लीमा कोरोना संक्रमणले आज फेरि पछिल्लो दिनको रेकर्ड तोडेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा संक्रमण पाइएको छ ।



दिल्लीमा पोजेटिभिटी दर २९.२१ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका  कारण ३१ जनाको मृत्यु भएको छ।

दिल्लीमा अस्पतालमा उपचाररत बिरामीको संख्या २ हजार ३६९ रहेको छ भने कुल सक्रिय संक्रमितको संख्या ९४ हजार १६० रहेको छ ।

भर्ना भएका मध्ये ७६८ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट